दीपिकालाई काङ्ग्रेस भएको आरोप

पुस २७, एजेन्सी – आइतबार राति भारतको ’जेएनयु’मा छात्रामाथि आक्रमण भएको थियो । आक्रमण विरुद्ध भारत भर नै प्रदर्शन भइरहेको छ । यसको विरुद्ध बलिउडका चर्चित हस्ती समेतले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन् । यसै गरी सत्ताधारी बीजेपी समर्थकहरूद्वारा गरिएको विद्यार्थी कुटपिट विरुद्धको आन्दोलनमा अभिनेत्री दीपिका पादुकोण समेत सडकमा निस्किएकी थिइन् ।

यस विषयलाई राजनीति जोड्दै दीपिकामाथि भारतको केन्द्रीय मन्त्री स्मृति इरानीले आरोप लगाएकी छिन् । उनले चेन्नाइमा आयोजना भएको एक कार्यक्रममा दीपिका ले काँग्रेस पार्टीको समर्थन गर्ने बताएकी छिन् । उनका अनुसार दीपिकाले सन् २०११ मा नै बताइसकेकी थिइन् ।

दीपिकाले राहुल गान्धी प्रधानमन्त्री बनेको हेर्न चाहेको ब ताएकी थिइन् जुन सामाजिक सञ्जालमा भाइरल भएको थियो । यसैलाई उद्गार गर्दै मन्त्री स्मृतिले भनिन्–‘मलाई लाग्छ जसले समाचार पढ्छन्, उनीहरूलाई थाहा छ कि दीपिका कसको पक्षमा उभिन्छिन् ।

उनीहरूलाई यो पनि थाहा छ कि, ती मानिसहरू सीआरपीएफका जवान मर्दा खुसी मनाउँछन् ।’ उनले थपिन्, ‘भारतलाई टुक्रा टुक्रा बनाउनुपर्छ भन्ने मानिसहरूको साथमा उभिने अधिकार दीपिकालाई छ ।’ दीपिकाले छात्रामाथि आक्रमण हुनु निकै दुखद भएको बताएकी थिइन् ।