‘लप्पन छप्पन २’को टिजर सार्वजनिक – (भिडियो)

पुस २६, काठमाडौं – सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’को टिजर सार्वजनिक भएको छ ।  मुकुन्द भट्टले निर्देशन गरेको चलचित्रको सार्वजनिक टिजरमा मुख्य अभिनेता सौगात र अर्पणलाई प्राथमिकता दिइएको छ ।

चलचित्रमा सौगात, शक्ति र अर्पणसँगै अनुपविक्रम शाही, नम्रता श्रेष्ठ, केरोलिन कोलिन्डा, सुरविना कार्की, सृजना सिना, देव कुमार, शिव श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहने छ भने चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गरेका हुन् ।