भुवनको ले ल्याए पर्यटन प्रवर्धन गीत

पुस २३, काठमाडौं – गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ लक्षित गरेर राईले ‘आहा कति सुन्दर बारपाक गाउँ मेरै’ बोलको पर्यटन प्रवर्धन गीत सार्वजनिक गरेका हुन् । उक्त गीतमा गोरखा, बारपाकको प्राकृतिक सौन्दर्य र विशेषतालाई ब्याख्या गरिएको छ ।

हाल अमेरिकामा रहेका गायक भुवनले सयौँ गीतमा स्वर तथा संगीत गरिसकेका छन् ।