देउडा गीत “धै ओडी त फर्किजा” सार्वजनिक – भिडियोसहित

पुस २२, काठमाडौं – गायक भुवन दाहाल र गायिका शोभा थापाको स्वरमा देउडा गीत “धै ओडी त फर्किजा” सार्वजनिक भएको छ ।

विजय थापा र भुवन दाहालको लय तथा राजेन्द्र शाह ’बिपी’को शब्द रहेको गीतको संगीत संयोजन विजय थापाले गरेका हुन् ।

विक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् ।

राजेश कुमारले भिडियो सम्पादन गरेका छन् भने म्युजिक भिडियोमा चौहान र चर्चित मोडल रीना अभिनय रहेको छ ।

विशेष फिलिम्सको प्रस्तुतिमा गीत सार्वजनिक भएको हो ।