(कोक्याप) को अध्यक्षमा रोशना खड्का निर्वाचित

पुस २१, काठमाडौं – शान्तिकालागि साझा अभियान (कोक्याप)को रोशना खड्का निर्वाचित भएकी छन् ।

चितवनमा आयोजित कोक्यापको १६ औ साधारण सभा तथा आठौ अधिवेशनले खड्कालाई केन्द्रिय कार्यसमितिको अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

बरिष्ठ उपाध्यक्षमा पुष्प भुषाल र महिला उपाध्यक्षमा आभाकुमारी सिंह निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा मतदान मार्फत पुष्प पौडेल निर्वाचित भए । सचिवमा राजशाही र कोषध्यक्षमा अर्जुन ढकाल र दलित सदस्यमा अमिर तिरुवा निर्वाचित भएका छन् ।

प्रदेश १ को संयोजकमा रामनारायण यादव, प्रदेश २ को संयोजकमा रामउदय महतो, प्रदेश ३ को संयोजकमा विरु नेपाली निर्वाचित भएका छन् ।   त्यस्तै  प्रदेश ४ को संयोजकमा सरु अधिकारी, प्रदेश ५  शोभना मिश्र, प्रदेश ६ को संयोजकमा जयन्ति न्यौपाने वली र प्रदेश ७ को संयोजकमा मोहन ओड निर्विरोध निर्वाचित भएका छन् ।

कोक्याप २००७ नागरिक समाजको अगुवाई गर्दै शान्ति, मानवअधिकार र सामाजिक र न्यायका लागि क्रियाशिल रहेको छ ।