नीर शाह र सन्तु तामाङलाई “लाइफ टाइम एचिभमेन्ट”अवार्ड

पुस २०, काठमाडौं – ‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौं संस्करण सम्पन्न भएको छ । कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् ।

स्वस्तिमा खड्काले पब्लिक च्वाईस अवार्ड पाइन् भने ‘साइँली’ बाट दयाहाङ राईले सह(अभिनेताको अवार्ड हात पारे ।

सह –अभिनेत्रीको अवार्ड प्रियंका कार्कीलाई ‘नाइँ नभन्नू ल ५’को लागी दिइयो । ‘ए मेरो हजुर ३’ बाट सुहाना थापा नव –अभिनेत्रीको अवार्ड तथा ‘बोबी’ बाट उमेश थापा नव(नायकले पाए ।

चलचित्र क्षेत्रलाई नै योगदान दिने दुई चलचित्र कर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।