प्रताप दास र पुजा केप्छाको ’यात्रा’ सार्वजनिक(भिडियो)

पुस १६, काठमाडौं – गायक प्रताप दास र पूजा केप्छाकी मगरको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

यात्रा बोलको गीतमा सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको सङ्गीत रहेको गीतमा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।

सुरेन्द्र बसेलले निर्देशन र कोरियोग्राफी गरेको गीत को भिडियोमा करुणा श्रेष्ठ र प्रकाश राम दाम फिचर्ड छन् ।

बुद्ध थापाले छायाङ्कन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् ।