भारतीय गायिका भोस्लेले भेटिन् राष्ट्रपति

पुस १३, काठमाडौं – भारतीय चर्चित गायिका आशा भोस्लेले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी छिन् ।

भोस्लेले राष्ट्रपति निवास शीतल निवासमा पुगी राष्ट्रपतिसँग भेटघाट गरेकी हुन् । शनिबार हुने एक साङ्गीतिक कार्यक्रममा भाग लिन उनी बुधबार नेपाल आएकी थिइन् । साधना कला केन्द्रको आयोजनामा हुन लागिरहेको बृहत् सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिन भोस्ले नेपाल आएकी हुन् ।

राष्ट्रपति भण्डारीले भोस्लेले नेपाली गीतसङ्गीतको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गरेको भेटघाटमा संलग्न केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए ।

देशको समसामयिक घटनाक्रमका विषयमा छलफल भएको उनले जानकारी दिए । भोस्लेले नेपालमा आफूले सोचेभन्दा धेरै सम्मान पाएको विषय राष्ट्रपतिलाई बताइन् ।