गायक रामकृष्ण ढकाल र निलमले गरे सम्बन्ध विच्छेद

मंसिर ९, काठमाडौं – चर्चित गायक गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहले सम्बन्ध विच्छेद गरेका छन्। बुधबार काठमाडौं जिल्ला अदालतमा उनीहरुले सम्बन्ध विच्छेद गरेका हुन्।

न्यायाधीश विदुर कोइरालाको इजलासले ढकाल र शाहबीचको सम्बन्ध विच्छेद भएको निर्णय सुनाएको हो।  मुलुकी देवानी संहिता, २०७४ मा पति तथा पत्नी दुवैले चाहेमा जुनसुकै बेला पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ।