“आमा ” को ट्रेलर युटुब ट्रेन्डिङको शीर्ष स्थानमा

पुस ७, काठमाडौं – चलचित्र आमा को ट्रेलर युटुब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ । बिहिबार सार्वजनिक भएको फिल्म ‘आमा’को ट्रेलर भने युटुब ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको हो  ।

दीपेन्द्र के खनालको निर्देशन तथा मिथिला शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले अभिनय गरेको फिल्मको ट्रेलरले शनिबार साँझबाट युट्युबको ट्रेन्डिङको पहिलो नम्बरमा कब्जा जमाएको हो ।

शर्मिला पाण्डेको निर्माण रहेको फिल्म फागुण ९ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । एउटा घरमा आमाको संघर्ष, समस्या र भूमिकाको विषय फिल्मले कथा बनाएको छ ।