चलचित्र “कोपिला” को ट्रेलर सार्वजनिक

पुस ६ काठमाडौं – बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय निर्मला पन्तको वास्तविक कथामा आधारित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा निर्मला पन्तको हत्या र हत्यारा पत्ता लगाउने नाममा भएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक असरलाई समेटिएको छ । ट्रेलरमा निर्मलकी आमा र बहिनिलाई पनि समेटिएको छ ।

चलचित्रमा सरिता गिरी, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, गणेश गिरी, अस्मिता जुरेली, सञ्जीवनी खरेल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, दीपक शर्माको सङ्गीत रहेको छ । ’कोपिला’लाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।