‘दि कर्मा’को गीतमा नीता र करणको नृत्य – हेरौ भिडियो

पुस ५, काठमाडौं – फिल्म ‘दि कर्मा’ को पहिलो गीत ‘बजार लाग्या छ’ सार्वजनिक गरिएको छ । गीतमा अभिनेत्री नीता ढुंगाना र अभिनेता करण वर्माको दमदार नृत्य रहेको छ ।

कोशिस क्षत्रीको शब्द तथा संगीत रहेको गीत मनिषामा पोखरेलको स्वर छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

देवकुमार श्रेष्ठको निर्देशन रहेको फिल्ममा जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

कोशिश क्षेत्री, मानस थापा र अंकितबाबु अधिकारीको संगीत रहेको ‘दि कर्मा’ को कथा निर्माता जयराज राय आँफैले लेखेका हुन् ।
रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माताको रुपमा फिल्ममा रहेका छन् ।