समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘शितलहरबाट बचौं र बचाऔं’ कार्यक्रम

पुस ३, काठमाडौ – समुदाय -प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका-८ सुरजपुरमा बुधबार विभिन्न जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दिया र सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा आयोजित उक्त कार्यक्रममा ‘शितलहरबाट बचौं र बचाऔं’ भन्ने बिषयमा अडियो तथा जिगंल समेत सुनाइएको थियो । साथै सो अवसरमा “हाम्रो आवाजः चेलिवेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मुल नाराका साथ मानव बेचबिखन तथा असुरक्षित आप्रवाशन बिरुद्ध सप्ताहव्यापी सचेतना अभियान अन्तर्गत जनचेतनामूलक कार्यक्रम समेत गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

गुलरिया नगरपालिका-८ सुरजपुर स्थित माईती नेपालका संयोजक सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ओरेक नेपालका संयोजक शर्मिला शर्मा, स्थानिय भद्रभलादमी, बुद्धिजिवि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।