यस्ता छन् बदाम खानुका फाइदाहरु

पुस ३, काठमाडौं – बदाम जाडो मौसममा खाइने फल हो । जाडोयाममा घाममा बसेर बदाम खान गरिन्छ । बदाम खानु स्वादका हिसावले त मिठो हुन्छ नै यसका साथै बदाम मानव स्वास्थ्यका लागि फाइदाजनक चिज हो ।

यी हुन् बदाम खानुको ५ फाइदाहरु

१. कपालको सुन्दरताको लागि बदाम खानु राम्रो मानिन्छ । बदाममा कपाललाई सुन्दर बनाउने तत्वहरु पाइने भएकाले कपालका लागि लाभदायक हुन्छ । बदाममा लार्जिनाइन भन्ने तत्व हुन्छ जसले कपाल बृद्धि गर्नुका साथै कपाल झर्नबाट समेत जोगाउँछ ।

२. बदाममा पाइने केही तत्वहरु मध्ये फाइटोस्टोरल पनि एक हो । यसले ट्युमरलाई नियन्त्रणमा राख्न सहयोग गर्छ, जसले क्यान्सर हुनबाट बचाउँछ ।

३. बदाममा तेलको मात्रा हुने भएकाले यसको सेवनबाट पेटसँग सम्बन्धित रोगीहरुलाई निको बनाउँछ । साथै यसको नियमित सेवन गना.ले एसिडिटीको समस्याबाट छुटकारा बनाउँछ ।

४.गर्भवती महिला तथा शिशुको स्वास्थ्यमा पनि यसले फाइदा र्पुयाउँछ ।

५.बदामको सेवनले छाला तथा हाडलाई मजबुद बनाउँछ । साथै सधैं बदाम खाएमा हर्मोनलाई पनि सन्तुलनमा राख्न सहयोग गर्छ ।