खुल्यो ‘दबंग ३’ को बुकिङ

पुस ३, एजेन्सी – सलमान खानद्धारा अभिनित चलचित्र ‘दबंग ३’ शुक्रवारबाट नेपालका हलहरुमा प्रर्दशन हुने भएको छ ।

’दबंग ३’लाई क्युएफएक्सले उपत्यका भित्र झन्डै चार दर्शन सो दिएको छ । भने देशभर ८८ सो दिइएको छ । यो क्युएफएक्सले दिएको अहिले सम्मकै उच्च सो हो ।

शुक्रवारदेखि प्रदर्शनमा आउने चलचित्रको बुकिङ पनि खुल्ला गरिएको छ । प्रभु देवा निर्दे्शित यस चलचित्रमा सलमानसँगै सोनाक्षी सिन्हाको मुख्य भूमिका रहेको छ ।

’दबंग ३’ एक्सन र कमेडी जनरामा निर्माण भएको छ भने सलमानलाई उही पहिलेका भागमा जस्तै पुलिस अफिसर चुलबुल पाण्डेको भूमिकामा देखिनेछ ।