साउथ सुपरस्टार विजय देवरकोन्डासँग रोमान्स गर्दै जाह्नवी

पुस २, एजेन्सी – साउथ सुपरस्टार विजय देवरकोन्डासंग बलिउड अभिनेत्री जाह्नवी कपुर देखा पर्ने भएकी छन् ।

जाह्नवी र विजयले ‘फाइटर’ नामक चलचित्र मार्फत देखा पर्ने भारतीय मिडियाहरुले जानकारी दिएका छन् । बलिउडमा निकै डिमान्ड भएकी यी नायिकाका ‘रूही आफ्जा’ र ‘दोस्ताना २’ चलचित्र निर्माणाधीन छन्  ।

यति बेला जाह्नवी गुञ्जन सक्सेनाको बायोपिकमा काम गरिरहेकी छिन् ।