हिउँमा फसेका दुईको उद्धार

पुस १, काठमाडौं – भोजपुर स्थित साल्पासिलिछो गाउँपालिका–६ स्थित बलौटे भञ्ज्याङमा हिउँमा फसेका दुई जनालाई प्रहरीले उद्धार गरी आफन्तलाई आज बुझाएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका –२ वाप्लुखा घर भएका ४९ वर्षीय प्रेमकुमार राई र निजकी श्रीमती ५८ वर्षीया पदमश्वरी राईलाई साल्पापोखरी घुमेर फर्कने क्रममा गत मङ्सिर २७ गतेदेखि हिउँमा पसेको जानकारी पाएसंँगै प्रहरीले उनीहरुको उद्धार गरेको हो ।

हिमपातका कारण बीच बाटामा फसेको जानकारी पाउनासाथ प्रहरीचौकी दोभानेको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिएका छन् ।