दयाहाङको ‘नीरफूल’ फागुन ३०मा आउने

पुस १, काठमाडौं – दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति सार्वजनिक गरिएको छ । यसअघि वैशाख र भदौमा नै प्रदर्शनमा आउने भनिएको चलचित्र फागुन ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

प्रेमकथामा बनेको यस चलचित्रलाई फूलमान वलले निर्देशन गरेका हुन् । चलचित्र गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको छ ।

‘नीरफूल’मा दयाहाङका साथमा रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय रहेको छ । चलचित्रमा निर्देशक वल र सचिन घिमिरेको पटकथा रहेको छ ।

प्रमोद कार्कीको छायाङ्कन, अर्जुन पोखरेलको सङ्गीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठले गरेका हुन् ।