चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

मंसिर ३०, काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराईको निधन भएको छ । विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति निधन भएको हो ।

राति करिब साढे १० बजेतिर चाबहिल ओम अस्पताल लगिएकोमा उनको निधन भइसहेको अस्पतालले जनाएको छ । ह्दयघातका कारण उनको निधन भएको अस्पतलले उल्लेख गरेको छ ।

२०७५ चैत ४ गतेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।