सिन्धुपाल्चोकमा बस दुर्घटना- १४ जनाको मृत्यु, २० जना घइते

 

मंसिर २९, काठमाडौं सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परि करिव २०जना घाइते भएका छन ।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आएतवार विहान दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी प्रज्वाल महर्जनले इमेल खवर डट कमलाई वताए ।

एसपी प्रज्वाल महर्जनलका अनुसार घाइतेको अवस्था गंभर भएकोले उपचारको लागि काठमाडौ र धुलिखेल अस्पतालमा लगिएको छ ।