रणवीर र आलिया विवाह बन्धनमा बाँधिदै

मंसिर २६ एजेन्सी – लामो समयदेखि प्रेम सम्बन्धमा रहेका भारतीय स्टार रणवीर कपुर र आलिया भट्ट विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरुले २०२० मा काश्मीरमा विवाह गर्ने तयारी गरेको बताइएको छ ।

रणवीरका पिता ऋषि कपुरले चाँडै उनीहरुको विवाह गरिदिने बताइसकेका छन् भने आलियाका पिता महेश भट्टले पनि यो सम्बन्धलाई स्वीकृति दिइसकेका छन्।