मिस वर्ल्डमा अनुष्का पुगिन् शीर्ष ४० मा

 

मंसिर २५, काठमाडौं – बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा जित हाँसिल गरेकी छिन् ।

यो जीतसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० मा पुगेकी छिन् ।

पहिलो चरणको हेड टु हेड च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी प्रतिस्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।