लाल सिंह चड्ढा’को सेटमा आमिरको नयाँ लुक्स

मंसिर २३, काठमाडौं – बलिउडका मिस्टर पर्फेकसनिस्ट अमिर खानको नयाँ लुक्स सार्वजनिक भएको छ ।

टोपी, लामो दारी र कपालसहितको उनको यस स्वरूप निर्माणाधीन चलचित्र ’लाल सिंह चड्ढा’ मा देखिनेछ । ’लाल सिंह चड्ढा’को सेटबाट उनको यो नयाँ लुक्स सार्वजनिक भएको हो । ’लाल सिंह चड्ढा’ हलिउड चलचित्र ’फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक हो ।

’फरेस्ट गम्प’का प्रमुख पात्र टोम हैक्स लगातार दुई बेस्ट एक्टर र ओस्कर अर्वाडबाट सम्मानित भएका थिए । हिन्दी रिमेकमा आमिर खान टोम हैंक्सको भूमिकामा देखा पर्ने छन् ।

आमिर अभिनीत पछिल्लो चलचित्र ’ठग्स अफ हिन्दुस्तान’ फ्लप भएपछि उनी कुनै चलचित्रमा देखिएका थिएनन्।