बस्ती बस्तीमा पुस्तकालय र सङ्ग्रहालय आवश्यकता रहेको बिजुक्छेको भनाई

मंसिर २१, काठमाडौं – नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बस्ती बस्तीमा पुरस्तकालय र सङ्ग्रहालय निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा आज सञ्चालित बागिश्वरी कलेजको सुविधासम्पन्न नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले आजका युवापुस्तालाई चेतनाको भावना जगाउन र संस्कृतिबारे जानकारी दिनसङ्ग्रहालय निर्माण गर्नु आवश्यक रहेको बताए ।

“नयाँ आवास क्षेत्रमा नमूना पुस्तकालय, सङ्ग्रहालय निर्माण गर्नुपर्छ, ठूल–ठूला गाडी आवास क्षेत्रमा गुड्न रोक लगाउनुपर्छ, यसका लागि छुट्टै ग्यारेज बनाइनुपर्छ ।” उनले भने

युवा वर्गलाई देशप्रेमको भावना जगाउनुपर्ने आवश्यकता आँैल्याउँदै उहाँले नागरिकलाई सामुदायिक, सामूहिक र सामाजिक चेतनाबारे सुसूचित गर्नुपर्नेमा जोड दिएका छन् ।