सामाजिक सुधार ऐन समयानुकूल बनाउन सुझाव

मंसिर २०, काठमाडौं – सामाजिक सुधार ऐन–३३ लाई समयअनुकूल संशोधन गर्न विज्ञले सुझाव दिएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले आयोजना गरेको ‘सामाजिक सुधार ऐन संशोधन’ विषयको छलफलका वक्ताहरुले वंस २०३३ को समाजलाई ध्यानमा राखेर बनाएको ऐन अहिलेको अवस्थाअनुरुप बनाउन जरुरी भएको सुझाव दिएका हुन् ।

राजनीतिक विश्लेषक हरि रोकाले सामाजिक सुधार ऐन समाजमा लागू गर्ने गरी बनाउनुपर्ने भएकाले स्थानीय तहलाई सो ऐन संशोधन गर्न जिम्मेवारी दिनुपर्ने र वर्तमान संस्कार र संस्कृतिअनुरुप बनाउनुपर्ने धारणा ब्यक्त गरे ।

बाम वुद्धिजीवी विश्वभक्त दुलालले संविधानले नै धमर्मनिरपेक्ष राष्ट्रको रुपमा स्वीकार गरेको हुँदा अन्तिम संस्कारमा क्षेत्री÷बाहुन १३ दिनबाट घटाउने प्रसङ्ग चल्छ तर तीन वा एकै दिन मात्र पनि मङ्गोलियन समुदायमा अन्तिम संस्कार गर्ने संस्कृतिलाई पनि ऐनले सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्रप्रसाद पाण्डेले विसं २०३३ मा भोजभतेरमा अनावश्यक खर्च कटौती गर्नका लागि ऐन बनाएको तर त्यो कानूनले पहाडका बाहुनक्षेत्री र तराईलाई बढी केन्द्रित गरेको बताए ।

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले समाजका विकृति हटाउन समाजमा कडा खालको कानून बनाउनुपर्छ भन्ने आवाज उठ्ने गरेको भए पनि समाज सुधार गर्नका लागि कडा कानून बनाएर नभई सोच बदल्नुपर्ने आवश्यकता औल्याए ।

समितिका सभापति पशुराममेघी गुरुङले सामाजिक सुधार ऐनलाई विज्ञ्, सरोकारवालापक्षसँग बृहत रुपमा छलफल गरेर मात्र संशोधन गर्ने जानकारी दिए ।