‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै पैसा उठाउँने एक युवक प्रहरी फन्दामा

 

मंसिर २०, धनुषा- आफूलाई ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै वटुवासंग रकम उठाउँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन ।
जनकपुर उपमहानगरपालिका ४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरी बिहीबार राति प्रहरीले पक्राउ परेका हुन ।

जनकपुर उपमहानगरपालिका-२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा चौधरीलाई प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले ज।२ प ७३२४ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।