नेपाल हवाई खेलकूद संस्थामा भण्डारी निर्वाचित

मंसिर २०, काठमाडौं – नेपाल हवाई खेलकूद संस्था (ना) को अध्यक्ष पदमा कृष्ण भण्डारी निर्वा्चित हुनुभएको छ । पोखरामा बिहीबार साँझ सम्पन्न संस्थाको आठौँ अधिवेशन तथा १७औँ साधारणसभामा शोभित बानियाँलाई पराजित गरी भण्डारी अध्यक्षमा निर्वाचित भएका छन् ।

संस्थाको वरिष्ठ उपाध्यक्षमा वसन्तराज दवाडी, प्रथम उपाध्यक्षमा इन्द्र भण्डारी, द्वितीय उपाध्यक्षमा भरतप्रसाद तिमिल्सिना, तृतीय उपाध्यक्षमा नारायण पराजुली, प्राविधिक उपाध्यक्षमा अनिल केसी र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै सचिवमा माधव तिवारी, कोषाध्यक्षमा एलिश थापा र सहकोषाध्यक्षमा चीनबहादुर बानियाँ निर्वार्चित भए । सदस्यमा शर्मिला शर्मा, सङ्गीता अधिकारी, खुबबहादुर गुरुङ, दीपक थापा, सुभाष थापा निर्विरोध निर्वाचित भएका छन् ।