सुशासनका लागि कर्मचारीतन्त्र बाधक –मुख्यमन्त्री गुरुङ

मंसिर १७, काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्र नफेरिएसम्म सुशासनको प्रत्याभूत हुन नसक्ने बताएका छन् ।

अमेरिकी राजदूतावासको सहयोग र पोखरा उद्योग वाणिज्य सङ्घको समन्वयमा स्थानीय सरकारका पदाधिकारीलाई सुुशासन सम्बन्धी तीन दिने तालीमको उद्घाटन समारोमा उनले व्यवस्था बदलिए पनि कर्मचारी तन्त्रको सोच नबदलिएका कारणले परिवर्तनको अनुभूति नागरिकले गर्न नसकेको बताए ।

“सुशासन शब्दमा भन्दा पनि व्यवहारमा सुन्दर देखिन्छ, कर्मचारी तन्त्रले आफ्नो व्यवहारमा परिवर्तन ल्याउन सकेनन् ” उनले भने । उनले प्रभावकारी कार्यपद्दतिका लागि स्थानीय तहलाई सशक्तिकरण गर्न प्रदेशले भूमिका खेल्ने बताएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महाङ्सघका महानिर्देशक धरणीधर खतिवडाले आर्थिक स्रोत र साधनको सदुपयोग गर्ने राजनीतिक नेतृत्व उत्तरदायी, जवाफदेही र पारदर्शी हुनुपर्ने बताए । । समृद्धिको जग बलियो बनाउन स्थानीय सरकारका पदाधिकारी अझ बढी जिम्मेवार हुनुपर्ने उनको भनाई थियो ।