सागमा डेब्यु गर्दै महिला क्रिकेट टिम

मंसिर १६, काठमाडौं – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सोमबार दक्षिण एसियाली खेलकुद (साग) मा डेब्यु गर्दैछन् ।

घरेलु भूमिमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार माल्दिभ्ससँग खेल्दै नेपालले सागमा डेब्यु गर्नेछ ।

साग इतिहासमा पहिको पटक महिला क्रिकेट समावेश गरिएको हो । र, सबै महिला क्रिकेट टोलीको सागमा डेब्यु हुनेछ ।

पोखरा रंगशालामा माल्दिभ्सविरुद्ध मैदान उत्रदा महिला क्रिकेट टिमको अर्को डेब्यु समेत हुनेछ । महिला टिम पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट खेल्दैछ ।