लागूऔषधसहित दुई युवा पक्राउ

मंसिर ११, काठमाडौं – सिरहाको भगवानपुर गाउँपालिका( ५ लालपुरबाट लागूऔषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिरहाको भगवानपुर गाउँपालिका –५ का २१ वर्षीय मुकेश कुमार र सोही ठाँउका २५ वर्षीय सन्जय कुमार यादव रहेका छन्।

उनीहरूको साथबाट डाइलेक्स डिसि– १५ बोतल, डाइजिल्याप १८ एम्पुल , र्प्रोमे थिन हाइड्रइड –१८ एम्पुल, नोरफिन– १९ पिस र नाइट्रोभेट –३० पिस बरामद भएको छ।