ग्रामीण पत्रकारिताका अभियन्ता वरिष्ठ पत्रकार कसजूको निधन

मंसिर १०, काठमाडौ -वरिष्ठ पत्रकार विनयकुमार कसजूको मंगलवार निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहनुभएका कसजूको दिउँसो निधन भएको हो ।

उनि मुटु र श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारको लागि कात्तिक १९ गते अस्पताल भर्ना भएका थिए। गुल्मीको रिडीमा २००४ सालमा जन्मिनुभएका कसजूका श्रीमती र तीन छोरा छन।

दुई सयभन्दा बढी बालकथा प्रकाशित गरेका उनि राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त तथा राष्ट्रिय समाचार समितिका पूर्व सञ्चालक समिति सदस्य रहेर समेत काम गरेका थिए ।

नेपालको ग्रामीण पत्रकारिता र सामुदायिक रेडियोका अभियन्ता कसजूले देउराली पत्रिका प्रकाशनसमेत गरेका थिए ।