मोटरसाइकल दुर्घटनामा नेकपाका स्थानीय नेताको मृत्यु

मंसिर १०, काठमाडौ -सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल सोमवार राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए।

उहाँका अनुसार गए राति करीब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो । गौतम नेपाल कम्युनिष्ट पार्टी नेकपा जुम्लाका स्थानीय नेता हुन।