सागको उद्घाटन राष्ट्रपतिले गर्ने

मंसिर ८, काठमाडौं – १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन राष्ट्रपतिले गर्ने तय भएको छ ।

नेपालमा हुन गईरहेको दक्षिण एसियाली खेलकुदको महाकुम्भ खेलकुद मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको हो ।

नेपालमा तेस्रो पटक आयोजना हुन लागेको साग मंसिर १५ गतेबाट काठमाडौं, पोखरा र जनकपुरमा हुदैछ ।

काठमाडौंको दशरथ रंगशालामा मंसिर १५ गते एक भब्य कार्यक्रमका बीच सागको औपचारिक उद्घाटन हुने तालिका तय छ ।