सपनाले थाहा हुन्छ तपाईको प्रेम सम्बन्ध

 

मंसिर २, काठमाडौं – भनिन्छ मानिसले हरेक रात सपना देख्ने गर्दछ । कतिपय सपना याद हुने गर्दछन् भने कतिपय सपनाहरु बिर्सिन्छन् । कहिले खुशीको सपना देखिन्छ त कहिले दुखको सपना देखिन्छ ।

सपनाको दुनियामा रहेसम्म सबैकुरा ठिक भएजस्तो महसुस हुने गर्दछ । आखिर सपना के हो ? यसको परिभाषित गर्दै बैज्ञानिकहरुले सपनालाई मष्तिस्कको संकेत भनेका छन् ।

हरेक सपनाहरुको आ–आफ्नो अर्थ रहेको हुन्छ । यहाँ भने प्रेमको बारेमा देखिएको सपनाको अर्थ प्रष्ट पार्न खोजिएको छ ।

आफ्नो पार्टनरले माया गरेको सपना देखेमा

यदि तपाइले सपनामा आफ्नो पार्टनरले माया गरेको देख्नुभयो भने तपाई खुशी हुनुहोस् । यस्तो सपनाले सम्बन्धमा खुशी रहेको आभास दिलाउदछ । सपनाबाट प्रष्ट हुन्छ कि तपाई मायामा खुशी हुनुहुन्छ । यसले तपाई पार्टनरबाट थप माया चाहानुहुन्छ भन्ने बुझन सकिन्छ ।

यदि पार्टनरले छल गरेको सपना देखेमा

यदि तपाइले यस्तो सपना देखेमा यो प्रष्ट हुन्छ कि तपाई आफ्नो सम्बन्धप्रति सुरक्षित हुनुहुन्न । यस्तो सपनाले यो पनि बुझन सकिन्छ कि तपाईलाई आफ्नो पार्टनरप्रति विश्वास छैन । तपाईलाई आफ्नोे पार्टनरले पर्याप्त माया नपाएको महसुस गर्न थाल्नुहुनेछ ।

यदि सपनामा पुर्व प्रेमि देखेमा

यदि सपनामा तपाईले आफ्नो पुर्व प्रेमी प्रमिका देख्नुभयो भने यसको अर्थ हुन्छ तपाई अझै पनि उसलाई सम्झिरहनुहुन्छ । तपाई पुन उसंग जोडिन चाहान रहेको बताउदछ ।

ब्रेकअपको सपना देखेमा

यदि तपाईले ब्रेकअपको सपना देखेमा सम्बन्धन टुट्न लागेको संकेत गर्दछ । यस्तो सपनाले अन्य कुराको नोक्सानी हुने संकेत समेत गर्दछ ।

बिबाह भएको सपना देखेमा

यदि सपनामा आफ्नो पार्टनरसंग बिबाह भएको देख्नुभएमा यसले सम्बन्धमा थप अगायि लैजाने चाहना रहेको बताउदछ । यसले तपाई सम्बन्धलाई स्थापित गर्न चाहानुहुन्छ भन्ने बताउदछ ।