महिला उद्यमी भेला काठमाण्डौमा हुदैं

मंसिर २, काठमाडौं – महिला उद्यमी महासङ्घ नेपालले यही मङ्सिर ३ र ४ गते काठमाण्डौमा महिला उद्यमी भेला गर्ने भएको छ ।

यो भेलामा महिला उद्यमीले सञ्चालन गरेका उद्योगको अवस्था, बर्से्नि बढी रहेको व्यापार घाटा न्यूनीकरण गर्न उनीहरुले निर्वाह गर्नुपर्ने भूमिका, उद्यमशीलताको विकासका लागि महिलाको सहभागितालगायत विषयमा छलफल गरिने छ ।

देशका विभिन्न भागबाट आएका महिला उद्यमीबीच मङ्सिर ३ गते विभिन्न उद्योगको अवस्था तथा १०० महिला उद्यमीको छलफल गरिने संस्थाका सदस्य रम्भा श्रेष्ठले जानकारी दिएकी छन् । मङ्सिर ४ गते प्रज्ञा प्रतिष्ठानमा एक हजार महिला उद्यमीको भेला गरिने छ ।
करिब डेढ दशक अगाडि स्थापना भएको यो संस्थाले औद्योगिक नीति निर्माण तथा निर्णय प्रक्रियामा महिला उद्यमीको हक अधिकारका बारेमा वकालत गर्दै आएको छ ।