एनसेलबारे सर्वाेच्चको फैसलाको पूर्णपाठ आज सुनाउने तयारी

कात्तिक २९, काठमाडौं – टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादका सम्बन्धमा सर्वोच्च अदालतले आज (शुक्रबार) फैसलाको पूर्णपाठ सुनाउने तयारी गरेको छ ।

एनसेलबारे सर्वोच्चको संक्षिप्त आदेश यसअघि नै आए पनि फैसलाको पूर्णपाठ भने आज सुनाउने तयारी छ । यसअघि सर्वोच्चले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने संक्षिप्त आदेश सुनाएको थियो ।

एनसेलले कार्तिकभित्रै फैसलाको पूर्णपाठ सुनाउन माग गरिरहेको थियो ।