एक दशकपछी चलचित्रमा फर्किइन् शिल्पा शेट्टी

कात्तिक २८, काठमाडौं – एक दशक भन्दा बढी चलचित्रको पर्दाबाट टाढिएकी बलिउड अभिनेत्री शिल्पा शेट्टी शब्बीर खानको निर्देशनमा बन्ने चलचित्र ‘निकम्मा’ बाट कम ब्याक गर्दै छिन् ।

उनले १३ वर्षसम्म चलचित्रमा नदेखिए पनि आफू इन्डस्ट्रीकै हिस्सा भएको बताएकी छिन् ।

आफू लगातार सानो पर्दा लगायत अन्य मिडियामा आइरहेको बताउँदै उनले आफूले यो समय परिवार र आफैसँग बिताएको र निकै फ्रेस भएको भनेकी छिन् ।