बङ्गलादेशका राष्ट्रपतिले गरे भक्तपुर भ्रमण

 

कात्तिक २६, काठमाडौं – नेपालको औपचारिक सद्भावना भ्रमणमा आउनुभएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज अपराह्न भक्तपुर दरबार स्क्वायरको भम्रण गरेका छन् ।

उनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राष्ट्रपतिको टोलीलाई स्वागत गरेका थिए । राष्ट्रपतिले भक्तपुर दरबार स्क्वायरका मन्दिर तथा कलाकृतिको सूक्ष्म अवलोकन गरेका छन् ।