घाइते दिपेश एक महिना खेल्न नपाउने

कात्तिक २६, काठमाडौं – नेपाली यू –१९ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिपेश आले मगर एक महिना मैदान बाहिर रहने भएका छन् ।

इरानमा भएको एएफसी यू–१९ च्याम्पियनसिप छनोट अन्तर्गत किर्गीस्तानविरुद्ध खेलको क्रममा चोट लागेपछि दिपेश एक महिना मैदान बाहिर रहने भएका हुन् ।

आइतबार किर्गीस्तानविरुद्ध दिपेश ७५ औं मिनेटमा घाइते भएका थिए । विपक्षी खेलाडीसँग ठोक्किएर लड्न पुग्दा दिपेशको बाँया हातमा चोट लागेको थियो ।