सिमानामा सुरक्षा बढाउनु पर्ने झलनाथ खनालको भनाई

कात्तिक २६, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सिमानामा नेपाली सुरक्षा व्यवस्था कडा पार्नु पर्ने बताएका छन् ।

नेकपाको नीति तथा अनुसन्धान प्रतिष्ठान विभागले सोमबार आयोजना गरेको ‘नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा विषयक’ बहस कार्यक्रममा उहाँले सीमा सुरक्षामा कमजोरीको फाइदा उठाउँदै भारतले नेपालको भूमि अतिक्रमण गरेको बताए ।

“नेपालका तर्फबाट राम्रोसँग सीमा सुरक्षा हुन सकेको छैन”, उनले भने “जसले गर्दा अहिले भारतले नेपालको भूमि अतिक्रमण गरेको हो, हामीले भारतको सीमामा आफ्नो सुरक्षालाई दरो बनाएर जानुपर्दछ ।”