आइओएमद्वारा एमबिबिएस र बिडिएसको परीक्षा स्थगित

कात्तिक १९, काठमाडौं – अवैध रुपमा उठाइएको अतिरिक्त शुल्क फिर्ताको माग राख्दै मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले बुधबारदेखि हुन लागेको एमबिबिएस र बिडिएसको परीक्षा स्थगित गरेको छ।

आन्दोलनका लागि उपत्यकाबाहिरका विद्यार्थी काठमाडौं आएपछि आइओएमले अर्को सूचना जारी नभएसम्मका लागि भन्दै परीक्षा स्थगित गरेको हो।