सरकारले सडक बालबालिकाको उद्धारमा तीव्रता दिदै

 

कात्तिक १८, काठमाडौं – सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा अनाथ बालबालिका संरक्षण र व्यवस्थापन गर्न सडक बालबालिको उद्धार र व्यवस्थापनलाई तीव्रता दिने भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकासम्बन्धी गुरुयोजनाअनुसार व्यावहारिक रुपमै बालश्रम अन्त्य गर्न प्राथमिकताका साथ काम गर्दै आएको छ ।

बाल विवाह अन्त्य गर्नाका साथै तिनको बेचबिखन, यौनशोषण तथा दुव्र्यवहार अन्त्यका लागि आवश्यक सबै कार्य गर्ने योजना बनाइएको उक्त मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरले जानकारी दिए ।

राष्ट्रिय बालअधिकार परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुरलगायत अन्य जिल्लाका बेवारिसे सडक बालबालिका र बालगृहमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गर्दै आएको छ । पछिल्लो पटक बालबालिका खोजतलास केन्द्रको सहयोगमा उक्त परिषद्ले काठमाडौँको गौशालाबाट ५८ सडक बालबालिकालाई उद्धार गरेको थियो ।

परिषद्का अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ११२ बाल श्रमसम्बन्धी घटना भएकामा ६५ बाल हत्यासम्बन्धी घटना सार्वजनिक भएको थियो ।