डिप्रेसनबाट मुक्त हुन योगा आवश्यक

कात्तिक ५ , काठमाडौं – लगातार तनाव र चिन्ताको कारण डिप्रेसन हुन सक्दछ । यसका कारण मानिसहरुका नकारात्मक दृष्टिकोण बढ्दै जाने गर्दछ । यसले गर्दा आफ्नो जिन्दगी बेकार लाग्ने गर्दछ । डिप्रेसनले मानिसहरुलाई मुत्युको मुख सम्म पुर्याउने गर्दछ । बिभिन्न उपायहरुद्धारा डिप्रेसनलाई कम गर्न पनि सकिन्छ । डिप्रेसन कम गर्ने एक उत्तम उपाय हो योगासन ।

डिप्रेसनकन बिरामीले योगा गरेमा यस्ता फाइदाहरु रहेका छन् ।

योगमार्फत मस्तिष्कसम्म अक्सिजन पुग्न गई मस्तिष्क क्रियाशील हुन्छ ।

बिरामीको इन्डोफिन, सेरोटिन, डोपोमिनजस्ता हर्मोनलाई क्रियाशिल बनाई उमंग, खुसी र आनन्दतर्फ लैजान्छ ।

डिप्रेसनका रोगीका लागि मार्जरी आसन, शशांक आसन, अधोमुख श्वासनजस्ता शिर निहुरिएर गरिने आसन उपयुक्त हुन्छ, जसले मस्तिष्कमा पर्याप्त मात्रामा अक्सिजन पुग्न गई मस्तिष्क क्रियाशील हुन्छ र मानसिक तनावबाट मुक्त हुन सकिन्छ ।

अवसादमा भएका व्यक्तिका लागि प्राणायाम सबैभन्दा महत्वपूर्ण हुन्छ । प्राणायाममा गहिरो र लामो श्वास लिनु र छोड्नुपर्छ । नाडी शोधन विधि पनि महत्वपूर्ण विधि हो । यो विधिले बिरामीको शरीरको कोष–कोषमा अक्सिजन भरिदिन्छ र मस्तिष्कसम्म अक्सिजन पुग्छ ।