डिभीको आकर्षणले राहदानी बनाउनेको चाप बढ्यो

कात्तिक ५, काठमाडौं – जान राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीमा दैनिक तीन गुणा बढीको संख्यामा राहदानीको आवेदन दर्ता भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट दैनिक एक सयदेखि एक सय पचास जनाले राहदानी बनाउनको लागि आवेदन दिन आउने गरेको राहदानी शाखाका नायब सुब्बा तोमप्रसाद दाहालले बताएका छन् ।

डाइभर्सिटी भिसा (डिभी) को आवेदनका लागि पासपोर्ट अनिवार्य गरेपछि राहदानी बनाउनेहरुको संख्या दैनिक तेब्बरले बढेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा दुई हजार ८१ वटा आवेदन दर्ता भइसकेको छ । दर्ता मध्येमा राहदानी बनेर आएकाहरुले लगिसकेको छ ।

दाहालका अनुशार आर्थिक वर्ष ०७५र०७६ मा साधारण चार हजार सात र द्रुत सेवाबाट एक हजार ६४५ गरी आठ हजार १९७ जनालेराहदानी लिएका छन्

यस्तै आर्थिक वर्ष ०७४र०७५ मा छ हजार ४८, आर्थिक वर्ष ०७३र०७४ मा १० हजार ७६ जनाले एमआरपी लिएका छन् भने आर्थिक वर्ष ०७२र०७३ मा १३ हजार ४९५ जनले एमआरपी लिएको जिल्ला प्रशासान कार्यालय सप्तरीले जनाएको छ । एमआरपी बनाउन साधारण तर्फ पाँच हजार र द्रुत सेवा अन्तर्गत १० हजार रुपैयाँ शुल्क लाग्ने गरेको छ ।

गोरखापत्रबाट