चितवनमा एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु, १७ देशमा बिज्ञहरुको सहभागीता

कात्तिक ४, काठमाडौं – चितवनमा आइतबारदेखि एशियन क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन शुरु भएको छ । सम्मेलनमा विभिन्न १७ देशका बाख्रासम्बन्धी विज्ञहरुको सहभागिता रहेको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालय, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको आयोजनामा सम्मेलन सुरु भएको हो ।

कात्तिक ६ गतेसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, क्यूवा, अमेरिका, क्यानडा, इटाली, जापान, हङ्गेरी, चीन, इन्डोनेशिया, बङ्गलादेश, फ्रान्स र केन्या देशका बाख्रा विशेषज्ञ सहभागी छन् ।

सम्मेलनमा खाद्य तथा पोषणको स्रोत बाख्रा, बाख्रा उत्पादनका नीति, सामाजिक आर्थिक तथा मूल्य शृङ्खला र विकास, बाख्राको आहार, पोषण तथा बासस्थान व्यवस्थापन, आनुवंशिकी, प्रजनन तथा जैविक प्रविधि व्यवस्थापनसम्बन्धी सात विशेषज्ञ, २१ आमन्त्रित, ३५ मौखिक एवं ५२ बढी पोष्टर गरी जम्मा ११५ भन्दा बढी कार्यपत्रहरु प्रस्तुत गरिने बताइएको छ ।