सुरु भयो पुष्पमेला

कात्तिक २, काठमाडौं –फ्लोरिकल्चरशोसिएशन नेपाल (फ्यान) को आयोजनामा शुक्रबारदेखि ललितपुरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ  घर आँगन वरिपरि’ भन्ने नाराका साथ शुरु भएको सो प्रदर्शनीको कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उद्घाटन गरेका छन् ।

जावलाखेलको खेल मैदानमा आयोजित १३ औँ पुष्प प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक चार र गोदावरी फूलका प्रतिस्पर्धात्मक प्रदर्शनी एकसहित कूल ४९ कक्ष रहेका छन् ।

मेला संयोजक तथा फ्यानका उपाध्यक्ष शिवबहादुर खड्काले मेलामा ३५ हजारले अवलोकन गर्ने र करीब ५० लाख बराबरको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको छ ।

मेला कात्तिक ४ गतेसम्म सञ्चालन हुनेछ । फ्यानले उत्कृष्ट नर्सरीलाई पुरस्कृत गरेको छ । प्रदर्शनीमा सम्झना नर्सरी पहिलो, टीपीआर मितेरी नर्सरी दोस्रो र टीटीआर बङ्गलामुखी नर्सरी तेस्रो भएका छन् ।