ठक्कर दिइ फरार रहेका चालक पक्राउ

कात्तिक १, काठमाडौं – सप्तरीका एक युवकलाई ठक्कर दिइ बेपत्ता बनेको पिकअप भ्यानका चालकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– १२ का भक्ति भनिने भागवत् मलाहा रहेका छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका– १० बस्ने अशोककुमार सहनीलाई गत असार ७ गते सप्तरीको बलान बिहुल गाउँपालिका–३ स्थित धाँती–बेल्ही भित्री सडकखण्डमा स१च १६५७ नंको पिकअपले ठक्कर दिएको थियो । ठक्कर दिएपछि चालक मलाहा फरार थिए ।

ठक्करबाट सहनी गम्भीर घाइते बनेका छन् । हिजो पक्राउ परेका मलाहालाई प्रहरीले आज जिल्ला अदालतमा ल्याई म्याद थप गर्ने जनाएको छ ।