भूकम्पले भत्किएका विद्यालय यसरी ठडिन सफल भए – भिडियो सहित

 

इम नारायण श्रेष्ठ, प्रोजेक्ट डाइरेक्टर , केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा)

असोज २७, काठमाडौं – २०७२ वैशाख १२ गते आएको भूकम्पबाट क्षतिग्रस्त भएका विद्यालयहरूको पुनर्निर्माण कार्यमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) क्रियाशिल छ ।

यस इकाइले विद्यालय पुनर्निर्माणको कामलाई द्रुत रूपमा अगाडि बढाइरहेको छ । भुकम्पले क्षति पुगेको करिव ७ हजार २ सय विद्यालयमा पुगेको इकाईले ५ हजार बढी विद्यालय पुर्ननिर्माण गरिसकेको छ ।

बाँकी कार्य तोकिएको समयमा सकिने पक्का छ । सरकारी एउटा परियोजना सफल हुन सजिलो पक्कै पनि छैन ।

विभिन्न स्थानमा रहेका भूकम्पवाट क्षतिग्रस्त विद्यालय बनाउने परियोजना सफल वनाउदा सिकेका केही अनुभव भिडियो मार्फत सेयर गरेको छु । कृपया हेर्ने प्रयास गर्नुहोला ।

मन परे लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला ।