आगोलागीबाट दरबारमार्गको भिक्ट्री लाउन्ज ध्वस्त, मानविय क्षति भएन

असोज २६, काठमाडौं – दरबारमार्गको भिक्ट्री लाउन्जमा आगलागी भएको छ । आइतबार साँझ करिब ६ बजेतिर  लाउन्जमा आगलागी हुदा भिक्ट्री लाउन्ज पुर्ण रुपमा जलेको छ ।

आगोलागी करिब ३ घण्टापछि नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ८ वटा दमकलको प्रयासले आगाृलागी नियन्त्रणमा आएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । उनका अनुसार आगोलागीबाट कुनै पनि मानविय क्षति भने भएको छैन ।

बिस्तृत बिबरण आउन भने बाँकी छ ।

तस्बीर– अनिल ढंगोलको फेसबुकबाट