महरा काण्ड –रोशनी दम्पत्तीको सम्बन्ध विच्छेद

असोज १६, काठमाडौं – तत्कालिन सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाही दम्पतीको सम्बन्ध विच्छेद भएको छ ।

शाहीकी श्रीमान चित्रजंग शाहीले आफूहरुबीच सम्बन्ध विच्छेद भएको सूचना सार्वजनिक गरेका हुन् । उनले दुवै जनाले हस्ताक्षर गरेको सूचना फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी २८ बर्षसम्म संग संगै दिन बितायौं र समयको गति संगै अलग हुने निर्णायमा पुगैका छौ । धन्यवाद शुभचिन्तकहरूमा ।’